सुदूरपश्चिम

धनगढी उपमहानगरलाई ६ लाख बराबरको औषधि सहयोग

इकागज |
साउन १६, २०७९ सोमबार २०:५६ बजे

कैलाली- धनगढी उपमहानगरपालिकालाई पौने ६ लाख बराबरको औषधि सहयोग गरिएको छ। ‘हाम्रो धनगढी हामी बनाउँछौं’ महाअभियान अन्तर्गत साउन १ गतेबाट सुरु भएको विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवा कार्यक्रममा निःशुल्क वितरणका लागि डिबी मेडिसिन सेन्टरले औषधि सहयोग गरेको हो। 

सेन्टरले ५ लाख ८८ हजार ६ सय ५७ रुपैयाँ बराबरको औषधि सहयोग गरेको उपमहानगरले जनाएको छ।  सोमबार डिबी मेडिसिन सेन्टरका सञ्चालक दुष्यन्त बस्नेतले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई औषधि हस्तान्तरण गरेका छन्।


औषधि हस्तान्तरण गर्दै बस्नेतले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको औषधि सहयोग गरेको बताए । 

उपमहानगरपालिकाका मेयर हमालले निजी क्षेत्रबाट उल्लेख्य सहयोग भएको बताउँदै नि:शुल्क औषधि वितरण अभियानमा यसले सहयोग पुग्ने जिकिर गरे । उनले डिबी मेडिसिनका संचालन बस्नेतलाई अभियानमा जोडिएकामा धन्यवाद समेत दिए ।

उपमहानगरपालिकाले साउन १ गतेदेखि निःशुल्क रुपमा विशेषज्ञ सेवासहित स्वास्थ्य उपचारका लागि १९ वटै वडामा कार्यक्रम सञ्चालन गरिरहेको छ।


Author

थप समाचार
x