सुदूरपश्चिम

मासिक २१ हजार तलब पाउनेगरी गाउँपालिका अध्यक्षले गरे श्रीमतीलाई भान्से नियुक्त

१० हजार पोसाक भत्ता, अनुगमन र भ्रमण खर्चसमेत भुक्तानी दिनेगरी सम्झौता

इकागज |
साउन १६, २०७९ सोमबार ९:१२ बजे

काठमाडौँ - अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई भान्से नियुक्ति गरेका छन् । कार्यालय सहायक सरहको तलब–सुविधा पाउने गरी श्रीमती जयसरा साउदलाई उनले भान्सेमा नियुक्ति गरेका हुन् । 

जेठ १५ गतेदेखि लागु हुनेगरी ६ महिनाको करार सम्झौता गरिएको करार सम्झौतामा उल्लेख छ । करार सम्झौताअनुसार भान्सेका रूपमा गाउँपालिका अध्यक्षकी श्रीमतीले मासिक २१ हजार ३ सय पारिश्रमिक, वार्षिक १० हजार पोसाक भत्ता र चार्ड पर्वमा वर्षमा एक पटक एक महिनाको पारिश्रमिक प्राप्त गर्ने छिन् ।


समितिहरूको अनुगमनमा पनि जाने करार सम्झौतामा उल्लेख छ । अनुगमनमा जाँदा उनले दैनिक भत्ता पाउने सम्झौतामा उल्लेख छ । कार्यालय कामको सिलसिलामा कुनै भ्रमणमा जाँदा भ्रमण खर्चसमेत भुक्तानी दिने गरी सम्झौता भएको छ ।

श्रीमतीलाई भान्सेको जागिर दिलाएको खुले पछि उनको आलोचना भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले पालिका अध्यक्षको निर्देशनअनुसार नै करारमा भान्से नियुक्ति गरिएको बताए । यसविषयमा गाउँपालिकाका अध्यक्ष साउँदले भने प्रतिक्रिया दिन मानेनन् । 


Author

थप समाचार
x