सुदूरपश्चिम

चितुवाको छालासहित दुई जना पक्राउ

इकागज |
साउन १३, २०७९ शुक्रवार ९:४४ बजे

सांकेतिक तस्बिर

कञ्चनपुर- चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–३ देखतभूलीबाट बिहीबार उनीहरु पक्राउ परेका हुन् ।  

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले दुवैजनालाई चितुवाको छालासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ की ४० वर्षीया मालती मल्ल र अमरगढी–२ का  २९ वर्षीय मोहन सार्की रहेका छन् । पक्राउ परेका दुवैलाई डिभिजन वन कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको छ ।


कृष्णपुर–३    मा धानबारीमा लुकाइछिपाइ राखेको अवस्थामा दुई थान चितुवाको छाला बरामद गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।


Author

थप समाचार
x