सुदूरपश्चिम

पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत दिन ध्यानाकर्षण

इकागज |
साउन १२, २०७९ बिहिवार २१:५४ बजे

फाइल फोटो

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशसभाका सदस्यले अछाम जिल्ला तुर्माखात गाउँपालिका–२ मा पहिरामा पुरिएर मृत्यु भएका परिवारका सदस्यको उचित बसोबास र राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन् । 

आज बसेको प्रदेशसभाको बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभाका सदस्य अम्बिकाकुमारी थापा, हर्कबहादुर कुँवर र अक्कलबहादुर रावलले अछामको तुर्माखात गाउँपालिका–२ मा यही साउन ८ गते राति गएको पहिरामा घर पुरिएर मृत्यु भएका एकै घर परिवारका हरिकला विष्ट, वीरेन्द्र विष्ट र विधान विष्टको परिवारलाई उचित बसोबास र राहत प्याकेज ल्याउन ध्यानाकर्षण गराए । 


उक्त घटनामा परी घाइते भएकी नैनादेवि विष्टको उपचारमा सहयोग गर्नसमेत उनीहरुले माग गरे । रासस


Author

थप समाचार
x