सुदूरपश्चिम

बाढीले कटप वाल बगाउँदा खुटिया खोलामा निर्मित पुल जोखिममा

इकागज |
असार २५, २०७९ शनिवार १०:४० बजे

कैलाली- लगातार पानी परेपछि आएको बाढीका कारण खुटिया खोलाको पुल झोखिममा परेको छ । बाढीले पुल सुरक्षित राख्‍न बनाएको कटपबाल भत्काउँदा पुल जोखिममा परेको हो ।

पुलको दक्षिण तर्फ करिब ४० मिटर कटप पानीले बगाउँदा नदी बस्ती पस्ने र पुल नै जोखिममा परेको स्थानीयले बताएका छन् । 


स्थानीय बासिन्दा करण बोगटीले कटप वाल असुरक्षित बन्दै गएको र बाढी आउँदा कुनै पनि बेला भत्काउन सक्ने भन्दै सडक डिभिजन कार्यालयलाई जानकारी गराएको बताए । उनले जानकारी गराउँदासमेत वास्ता नगरेका कारण कटप वाल भत्किएको बताए । 

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले आफू भर्खरै आएको बताउँदै त्यसबारेमा बुझ्ने बताए । उनले कटप वाल तत्काल मर्मतका लागि जनशक्ति परिचालन गर्ने बताए ।


Author

थप समाचार
x