सुदूरपश्चिम

स्थानीय तह निर्वाचन

बुढीगंगामा एक हजार मत गन्दा एमाले अगाडि

दीपक उपाध्याय |
असार २४, २०७९ शुक्रबार १९:३८ बजे

कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म १ हजार मतगणना सकिएको बुढीगंगाको निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटर भरतप्रसाद उपाध्यायले जानकारी दिए।

१ हजार मत गणना हुँदा एमालेले मेयरमा ५२० मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। कांग्रेस ४२७ मतका साथ दोस्रो स्थानमा छ।


यस्तै उपमेयरमा एमालेले ५१५ मत ल्याएको छ भने कांग्रेसले ४३५ मत पाएको छ। मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् भने उपमेयरमा कांग्रेसबाट रीता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार रहेका छन्।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x