सुदूरपश्चिम

कैलालीका एमाले जिल्ला अध्यक्ष रतन थापा पदमुक्त

इकागज |
असार १४, २०७९ मगलवार १४:३७ बजे

कैलाली - नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापालाई पार्टी अध्यक्षको जिम्मेवारी बाट हटाइएको छ । पार्टीको सिद्धान्त र नीति विपरीत कार्य गरेको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले थापालाई प्रदेश कमिटीले कारबाही गरेको बताउँदै उनलाई दिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएपछि पदमुक्त गरिएको बताए ।


अध्यक्षलाई कारबाही गरेपछि पार्टीले कार्यवाहक अध्यक्षको जिम्मेवारी भने उपाध्यक्ष दुर्गा जोशीलाई दिएको बताए । 

थापालाई स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको, पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको, गतल आचरण प्रस्तुत गरेको लगायतका आरोप लगाइएको थियो ।


Author

थप समाचार
x