सुदूरपश्चिम

छठ पूजा सेवा समितिद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्‍न

इकागज |
असार ११, २०७९ शनिबार १८:१२ बजे

कैलाली- छठ पूजा सेवा समिति धनगढीले आज बृहत रक्तदान कार्यक्रम सम्पन्‍न गरेको छ । रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् ।

अत्याधिक गर्मीका कारण अस्पतालहरूमा बिरामीको चाप बढे सँगै रगतको समेत अभाव भएको जानकारी पाएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले बताए । उनले सम्पूर्ण रक्त दातालाई धन्यवाद समेत दिए ।


नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले विगत केही दिन यता रगतको अत्याधिक माग बढ्दै गैरहेको बेला छठ सेवा समितिले गरेको रक्तदान कार्यक्रमले केही राहत पुग्‍ने बताए ।


Author

थप समाचार
x