सुदूरपश्चिम

धनगढीकाे बजेट एक अर्ब ८३ करोड

इकागज |
असार १०, २०७९ शुक्रबार १६:५७ बजे

कैलाली । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० लागि अनुमानित एक अर्ब ८३ करोड बढी बजेट प्रस्तुत गरेको छ । शुक्रबार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले एक अर्व ८३ करोड ८९ लाख २४ हजार अनुमति रकम आठौं सभाको दोस्रो बैठकमा प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ एक अर्व तीन करोड १९ लाख ७० रुपैयाँ र पुँजिगततर्फ ८० करोड ६९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको हो । चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल बजेटको ५३ दशमलव ३० प्रतिशत रकम वित्तिय प्रगति रहेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा एक करोड छ लाख ३१ हजार आठ सय ९७ रकम थप गरि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ ।


उपमहानगरपालिकाले आन्तरिकतर्फ २६ करोड ७९ लाख २४ हजार, राजश्व बाँडफाँटतर्फ ४७ करोड २९ लाख ३३ हजार, संघिय सरकारको अन्तर सरकार वित्तीय हष्तान्तरणतर्फ ९६ करोड ४८ लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हष्तान्तरणतर्फ ३५ करोड ३४ लाख पाँच हजार र सरी आएको १० करोड रकमलाई आयतर्फ विनियोजन गरेको छ ।


Author

थप समाचार
x