कर्णाली

राष्ट्रिय सभा निर्वाचन:

कर्णालीमा एक सय १५ मत खस्यो

इकागज |
माघ १२, २०७८ बुधबार ११:५६ बजे

तस्वीर : मतदान गर्दै कर्णालीका मुख्यमन्त्री जिवनबहादुर शाही

सुर्खेत : राष्ट्रियसभाको निर्वाचन अन्र्तगत कर्णालीमा पनि मतदान सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म एक सय १५ मत खसेको छ । जसमध्ये ९५ जना स्थानीय तहका जनप्रतिनिधि र २० जना प्रदेशसभाका सांसद रहेका छन् । 

कर्णालीमा प्रदेशसभाका सांसदहरु ३५ र स्थानीय तहका प्रमुख  र उपप्रमुख गरी एक सय ९१ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।  कर्णालीबाट राष्ट्रियसभाका सांसदका लागि गठबन्धनतर्फ तर्फबाट नेपाली काँग्रेसबाट दुर्गा गुरुङ, नेकपा माओवादीबाट नरबहादुर विष्ट र नेकपा एकीकृत समाजबादीको तर्फबाट उदयबहादुर बोहोराले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एमालेको तर्फबाट चुडामणि शर्मा, पदमबहादुर माझी र गंगाबहादुर थापाले उम्मेदवारी दिएका छन् । 


 


Author

थप समाचार
x