कर्णाली

कर्णाली प्रदेश सभाकाे विषयगत समितिका सभापतिको चयन

इकागज |
जेठ १४, २०८० आइतबार १७:३३ बजे

सुर्खेत- कर्णाली प्रदेश सभाकाे विषयगत समितिका सभापतिको चयन भएको छ । समितिमा रहने चार वटै विषयगत समितिका सभापति चयन गरिएको हो । आज (आइतबार) भएको समिति सभापतिको निर्वाचनमा सहमतिमै चारवटै समितिका सभापति निर्विरोध चयन भएका हुन् ।

जसअन्तर्गत सामाजिक विकास समितिको सभापतिमा कांग्रेसका घनश्याम भण्डारी, सार्वजनिक लेखा समितिमा एमालेका जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक श्रोत समितिको सभापतिमा नेकपा माओवादका दुर्गा रावत र प्रदेश मामिला समितिको सभापतिमा एकीकृत समाजवादीका कल्याणी खड्का निर्विरोध निर्वाचित भएका छन् । प्रदेश सभा गठन भएको तीन महिनाभित्र समिति गठन गरिसक्नुपर्ने भए पनि कर्णालीमा गठन हुन सकेको थिएन ।


कर्णालीमा प्रदेश मामिला समिति, अर्थ तथा प्राकृतिक स्रोत साधन समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समिति गरी चारवटा समितिहरू रहेका छन् । 
 


Author

थप समाचार
x