कर्णाली

कर्णाली प्रदेश सभा संसदीय समिति सभापतिको निर्वाचन हुँदै

इकागज |
जेठ ११, २०८० बिहीबार १६:४५ बजे

सुर्खेत- कर्णाली प्रदेश सभा संसदीय समितिका सभापतिको निर्वाचन आगामी आइतबार हुने भएको छ । आज (बिहीबार) बसेको बजेट अधिवेशनको दोस्रो बैठकमा सभामुख नन्दा गुरुङले संसदीय समितिको निर्वाचन यही जेठ १४ गते (आइतबार) गर्न निर्देशन दिएकी हुन् ।

सभामुख गुरुङले आइतबार बिहान ११ बजे सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी हुन् । प्रदेश सभा गठन भएको तीन महिनाभित्र समिति गठन गरिसक्नुपर्ने भए पनि कर्णालीमा गठन हुन सकेको थिएन ।


यसअघि सम्बन्धित दलहरूबाट नाम पठाउने काम भइसकेको छ । कर्णालीमा प्रदेश मामिला समिति, अर्थ तथा प्राकृतिक स्रोत साधन समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समिति गरी चारवटा समितिहरू रहेका छन् । 


Author

थप समाचार
x