कर्णाली

कर्णालीमा बढे डेंगुका बिरामी

इकागज |
असोज १३, २०७९ बिहीबार १९:५२ बजे

सुर्खेत । कर्णाली प्रदेशमा डेंगुका संक्रमितहरु बढ्दै गएका छन् ।  हालसम्म प्रदेशमा पाँच सय ४१ जना डेंगुका सक्रिय बिरामी रहेका पाइएका छन् ।  प्रदेश स्वास्थ सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार पछिल्ला दिनमा डेंगुका बिरामी बढ्दै गएको जनाएको छ । 

प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै डेंगुबाट संक्रमित सुर्खेतमा भएका छन् । सुर्खेतमा ४ सय २२ डेंगुबाट संक्रमित छन् भने सल्यानमा २२ जना जुम्लामा २२ जना, कालिकोटमा २१ जना र दैलेखमा १४ जना संक्रमित छन् । त्यस्तै रूकुम पश्चिममा १८ जना, हुम्ला र डोल्पामा १÷१ जना संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतका सूचना अधिकारी श्याम आचार्यले जानकारी दिए ।


सुर्खेतमा पनि वीरेन्द्रनगर नगरपालिका क्षेत्र डेंगु संक्रमणको रेडजोनमा रहेको छ । वीरेन्द्रनगरमा हालसम्म २०० भन्दा बढीलाई डेंगुबाट संक्रमित छन् । प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डाक्टर केएन पौडेलले डेंगी मच्छर नियन्त्रण र बिरामीलाई झुलभित्र राखेर उपचार गरेर गर्नुपर्ने बताए । 

डेंगु रोग पोथी मच्छरको टोकाइबाट सर्ने रोग हो । संक्रमितलाई टोकेको मच्छरले अन्य व्यक्तिलाई टोकेमा डेंगु रोग फैलिने गर्छन् । गएको आर्थिक वर्षमा कर्णाली प्रदेशमा १४ जना प्रदेश बाहिरकासहित ७९६ जना संक्रमित भएका थिए ।


 


Author

थप समाचार
x