कर्णाली

मैले जति कर्णाली अरुले बुझेका छैनन् : मुख्यमन्त्री शाही

इकागज |
असोज ९, २०७९ आइतबार १२:३८ बजे

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेकाे बताएका छन् । सीधा कुरा मुख्यामन्त्रीसँगकाे कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीकाे बारेमा अरुले नबुझेकाे बताएका हुन् । 

कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रम्मा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएतका कुरामा पुरा काम गरेको बताए ।


नाै जिल्लामा केही निर्माण हुनु नपर्ने तर सुर्खेतमा मात्र सबै कुरा निर्माण हुनुपर्ने जस्ता माग आउने गरेकाे बताए । उनले भने, 'सबै ठाउँमा सुविधायुक्त स्वास्थ्य संस्थादेखि अन्य सुविधा हुनुपर्छ ।'


Author

थप समाचार
x