कर्णाली

दैलेख दुर्घटना : 'उद्धारमा समस्या भयो, सरकारले हेलिकप्टर पठाए घाइतेहरूलाई बचाउन सकिन्थ्यो'

इकागज |
जेठ ११, २०७९ बुधबार २१:४६ बजे

सुर्खेत- कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस सिस्नेमा दुर्घटनामा परेको हो । 

आठबिस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्यायले जानकारी दिएका छन् ।


'दुर्घटना भएको बस कर्णाली नदीको तिरमा छ, छतमा र बसको कोलियामा समेत मानिसहरू यात्रा गरेको भन्ने सुनेका थियौँ । बसभित्रबाट घाइतेहरू निकाल्दै छौँ' आठबिस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्यायले भने । चार जनाको मृत्यु भएको छ, रातिको समय भएकाले उद्धारमा समस्या भएको खड्गराज उपाध्यायले जानकारी दिए । 

उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । घाइते सबैको अवस्था गम्भीर छ, एम्बुलेन्स अभाव छ । हेलिकप्टरबाट सरकारले उद्धार गरिदिएको भए घाइतेहरूलाई बचाउन सजिलो हुने खड्गराज उपाध्यायले बताए । 

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्धारका कामलाई प्रभावकारी बनाउन सुरक्षा निकायको चार वटा टोली खटाएको बताएका छन् । दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले दैलेख, दुल्लु, आठबिस र तल्लो डुँगेश्वरबाट उद्धारका लागि टोली पठाएको बताएका छन् । 

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

र, यो पनि


Author

थप समाचार
x