लुम्बिनी

एसइईमा लुम्बिनीबाट ८६ हजार ६२४ परीक्षार्थी

इकागज |
बैशाख ८, २०७९ बिहीबार १५:४८ बजे

फाइल तस्‍बिर

बुटवल- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिबाट सुरु हुँदै छ । परीक्षामा लुम्बिनी प्रदेशबाट ८६ हजार ६२४ परीक्षार्थी सहभागी हुने छन् ।

लुम्बिनी प्रदेशबाट परीक्षामा सहभागि हुने परीक्षार्थी मध्ये २ हजार ८६६ जना प्राविधिक धारका र २ जना परीक्षार्थी दृष्टिबिहिन रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले जानकारी दिए ।


लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै परीक्षार्थी रुपन्देही जिल्लामा र सबै भन्दा कम परीक्षार्थी रुकूम पूर्वमा रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक गैरेले बताए ।

यस्तै परीक्षा सञ्चालनका लागि ३ सय २७ केन्द्राध्यक्ष, ५ सय ७९ जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३४५ जना निरीक्षक, ८ सय ६७ जना सहायक निरीक्षक र १ हजार ७१३ जना कार्यलय सहयोगि परीक्षामा खटिने निर्देशक गैरेले बताए ।

कुन जिल्लामा कति परीक्षार्थी ?

लुम्बिनी प्रदेशमा सबै भन्दा धेरै परीक्षार्थी रहेको रुपन्देही जिल्लामा २ दृष्टिबिहीन सहित १८ हजार २५४ परीक्षार्थी एसईईमा सहभागि हुने छन् ।रुपन्देहीमा ५५ केन्द्राध्यक्ष, १२२ सहायक केन्द्राध्यक्ष, ९१७ जना निरीक्षक र १८५ जना सहायक निरीक्षक परीक्षामा खटिने शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक मनोज कुमार गैरेले जानकारी दिए ।

यस्तै सबै भन्दा कम रुकूम पूर्वमा १ हजार १४१ परीक्षार्थी रहेका छन् भने त्यहाँ ६ कोन्द्राध्यक्ष, ६ सहायक केन्द्राध्यक्ष, ५७ निरीक्षक र ११ जना सहायक निरीक्षक परीक्षामा खटिने निर्देशनालयका निर्देशक गैरेले जनाकारी दिए ।

बाँकेमा ९ हजार २८९ परीक्षार्थी परीक्षामा सहभागि हुँदा बर्दियबाट ८ हजार ५९१ परीक्षार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागि हुने छन् । यस्तै दाङमा १३ हजार १५२, कपिलबस्तुमा ८ हजार ८३, रोल्पामा ४ हजारर ११७, प्यूठानमा ४ हजार ४२२, गुल्मीमा ४ हजार ८२३ जना परीक्षार्थी रहेका छन् ।

यता अर्घाखाँचीमा ३ हजार ५८५, नवलपरासीमा ६ हजार ३२६ र पाल्पामा ४ हजार ८४१ जना परीक्षार्थी माध्यमिक शिक्षा परीक्षाको परीक्षा दिने छन् । परीक्षाको सबै तयारी पुरा भएको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले बताए ।


Author

थप समाचार
x