लुम्बिनी

लुम्बिनी प्रदेश सांसद चढेको स्कारपियो दुर्घटना

इकागज |
माघ १२, २०७८ बुधबार १०:४ बजे

बुटवल - लुम्बिनी प्रदेश सांसद चढेको स्कारपिओ दुर्घटना भएको छ । महेन्द्र राजमार्गअन्तर्गत धानखोला र भालुबांगको बिचमा प्रदेश सांसद चढेको स्कारपियो  दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीका एमालेका सांसद तुलसी चौधरी र एक जना स्थानीय पालिकाको उपप्रमुख चढेको स्कारपियो ट्रकसँग ठोक्किँएको प्रहरीले जनाएको छ । सांसद चढेको स्कारपियो  प्रहरीका अनुसार दुर्घटनामा सांसदसहित २ जना घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि अस्पताल पठाइदैँ छ। 


 

 


Author

थप समाचार
x