लुम्बिनी

बोकेको बन्दुक पड्‌किँदा एकको मृत्यु

इकागज |
चैत १, २०७९ बुधबार ९:४६ बजे

सांकेतिक तस्बिर

सल्यान- सिकारीको भरुवा बन्दुक पड्किँदा सल्यानमा एक किशोरको मृत्यु भएको छ । 

बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको गोली लागेर मृत्यु हो ।


जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किँदा गोली लागेर घाइते भएका चित्रबहादुर घाइते हुन पुगेका थिए । जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार घाइते चित्रबहादुरको उपचारका लागि सुर्खेत लिँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

गोली प्रहार गर्ने घाइतेलाई प्रहरी पक्राउ गरेको छ ।


Author

थप समाचार
x