लुम्बिनी

तीन जना प्रतिस्पर्धामा

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदै

इकागज |
माघ २५, २०७९ बुधबार ७:२२ बजे

दाङ - लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदैछ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरू आज हुने चुनावी प्रतिस्पर्धामा छन् ।

जसअनुसार सत्तारूढ एमालेकातर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।


प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो । उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो  । 


Author

थप समाचार
x