लुम्बिनी

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

इकागज |
माघ ४, २०७९ बुधवार १६:८ बजे

रुपन्देही- लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।    
    
सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराए। शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले अघिल्लो प्रदेशसभाले बसाएको जग बलियो बनाउने गरी काम गर्ने बताए । उनले प्रदेश सभाका ८७ सदस्यको अभिभाकत्वको समेत जिम्मेवारी पूरा गर्ने बताए ।    



Author

थप समाचार
x