लुम्बिनी

रित्तो गाग्री बोकेर गाउँपालिका पुगेपछि...

इकागज |
असार २, २०७९ बिहीबार २०:४१ बजे

फाइल फोटो

दाङ - दाङको शान्तिनगर गाउँपालिकाका स्थानीयहरू रित्तो गाग्री बोकेर गाउँपालिकामा पुगेका छन् । खानेपानीको समस्या भएको र व्यवस्थापनमा पालिकाले चासो नदिएको भन्दै रित्तो गाग्री सहित स्थानीयहरू गाउँपालिकामा पुगेका हुन् ।

वडा नम्बर ४ को एकलीका करिब ५० घरधुरीका उपभोक्ताहरूले खानेपानीको समस्याका कारण दैनिकी कष्टपूर्ण भएको भन्दै रित्तो गाग्री बोकेर पालिकालाई ध्यानाकर्षण गराएका हुन् ।


उनीहरूले गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत सहित वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर केसी र वडा नम्बर ४ का अध्यक्ष गोमान बहादुर ओलीसँग छिटोभन्दा छिटो खानेपानीको सहज आपूर्तिका लागि सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका छन् ।

शान्तिनगर–३ स्थित माइलिपानी खानेपानी संस्थाले शान्तिनगरको  साबिक १ देखि ४ नम्बर वडाका उपभोक्ताहरूलाई निजी धारामार्फत पानी उपलब्ध गराउँदै आएता पनि पानीको स्रोत र जनसंख्या बढी भएको हुनाले यश भेगका उपभोक्ताहरू निकै मर्कामा परेका छन् ।

टिमको नेतृत्व गरेका रेसम राज कँडेलले बाटो भन्दा पहिले खानेपानीको समस्या समाधान गर्न जरुरी रहेको बताए । बाटो बिना बाँच्न सकिने तर खानेपानी विना बाच्न नसकिने भन्दै उनले भने, ‘सबैभन्दा पहिले हामीलाई पानी चाहियो ,कसरी बाच्ने ? धारामा पानी आउँदैन तर महिनामा पानी नखाए पनि बिल तिर्नु पर्छ ।’

गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले छिटोभन्दा छिटो खानेपानी समिति र अन्य निकायसँग समन्वय गरेर उपभोक्तालाई खानेपानी सहज रूपमा उपलब्ध गराउनका लागि आफू लागि पर्ने बताए ।


Author

थप समाचार
x