गण्डकी

कोभिडका कारण बागलुङ  नगरपालिकाको सेवा स्थगित

इकागज |
माघ १४, २०७८ शुक्रवार ११:३० बजे

बागलुङ - पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको तीव्र फैलावटलाई हेरेर कतिपय कार्यालयले सेवा स्थगन गरेका छन् ।    
    
बागलुङ नगरपालिकाले आजदेखि यही माघ २१ गतेसम्मलाई अत्यावश्यकबाहेकका सबै नियमित सेवा सेवा बन्द गरेको छ । जनप्रतिनिधि, कर्मचारी र नगरवासीमा तीव्र गतिमा सङ्क्रमण फैलिएकाले सेवा प्रवाहलाई स्थगन गर्नुपरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए।

कर्मचारी नै सङ्क्रमित भएर आइसोलेशनमा बस्नुपरेकाले दैनिक सेवा सञ्चालनमा बाधा उत्पन्न भएको उनले बताए । कन्ट्याक्ट ट्रेसिङमा परेका कारणले पनि कतिपय कर्मचारी कार्यालय आउन सकेका छैनन् । नगरपालिकाअन्तर्गत वडा र विषयगत शाखाबाट प्रदान हुने सेवा पनि स्थगन भएको जनाइएको छ ।    



Author

थप समाचार
x