गण्डकी

सरकारप्रति जनता खुशी छैनन्ः प्रदेशसभा सदस्य दवाडी

इकागज |
माघ ११, २०७८ मगलवार १८:३० बजे

काठमाडौं–  गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले सरकारका काम कारवाहीप्रति असन्तुष्टि व्यक्त व्यक्त गरेका छन्।

सत्तारुढ दल नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्तासमेत रहेका दवाडीले सरकारका काम कारवाही सन्तोषजनक नभएको बताएका हुन्। । मंगलबार गोरखामा पत्रकार सम्मेलन गरी उनले सरकार सक्षम हुँदाहुँदै पनि अहिले भइरहेका काममा सन्तुष्ट भएर बस्न सकिने अवस्था नरहेको बताए । दवाडीले देशको अवस्था कोरोना महामारीका कारण नाजुक रहेपनि सरकारले कोभिडबिरुद्धको खोप बाहेकका क्षेत्रमा काम अघि बढाउन नसकेको बताए।


‘सरकारले गरेका कामहरु पनि छन् तर यतिले मात्रै पुगेन । सक्षम हुँदाहुँदै पनि अहिलेको देशको दर्दनाक अवस्थाले गर्दा हो, प्रदेशसभा सदस्य दवाडीले भने । प्रदेशसभा सदस्य दवाडीले गरिरहेका काममा जनता पूर्णरुपमा खुशी नरहे पनि सरकारले विकासका कामहरुलाई अघि बढाइरहेको बताए।


Author

थप समाचार
x