गण्डकी

स्थगित पोखराको नगरसभा सोमबार हुने

इकागज |
माघ २२, २०७९ आइतबार २२:२३ बजे

पोखरा - पोखरा महानगरपालिकाको १२ औं नगरसभा पुनः हुने भएको छ । पुस २६ गते स्थगित भएको नगरसभा सोमबार पुनः बस्ने भएको हो । 

पुस २६ मा पोखरा सभागृहमा सुरु भएको नगरसभामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभाको उद्घाटनपछि नगरसभाको विषयवस्तु भन्दा बाहिर एमालेले  विषय उठाएको भन्दै नगरसभा बहिष्कार गर्दै बाहिरिएका थिए । 


पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कारवाहीको माग गर्दै नगरसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेका थिए । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु सभाबाट बाहिरिएपछि पोखरा महानगरपालिकाको नगरप्रमुख धनराज आचार्यले अर्को सूचना नआएसम्म नगरसभा स्थगित भएको जानकारी गराएका थिए ।

त्यो विषयमा सहमतीपछि स्थगित नगरसभा पुनः हुने भएको पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए । ‘जुन विषय त्यो समयमा उठान भएका थिए । त्यो विवाद मिलिसकेको छ । अब नगरसभा निर्विवाद चल्छ,’ उनले भने । आरोपित वडाध्यक्ष अधिकारी धरौटीमा रिहा भईसकेका छन् ।


Author

थप समाचार
x