गण्डकी

प्रदेश सभा सुचारुका लागि बोलाइएको सर्वदलीय बैठक विना निष्कर्ष टुंगियो

इकागज |
साउन ४, २०७९ बुधबार १८:२९ बजे

सुर्खेत- अवरुद्ध रहेको कर्णाली प्रदेश सभाको बैठक सुचारु गर्नको लागि बोलाइएको सर्वदलीय बैठकले निष्कर्ष निकाल्न सकेको छैन ।

सभामुख राजबहादुर शाहीले आज बोलाएको सर्वदलीय बैठकमा छलफलको टुंगो लाग्‍न नसकेको जानकारी दिए । ‘आज दिउँसोको बैठकमा छलफल त भयो त्यसको निष्कर्ष टुंगोमा पुग्‍न सकेन,’ सभामुख शाहीले भने, ‘अब फेरि अर्काे बैठक बसेर छलफल हुन्छ ।’


सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेश सभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न सभामुख शाहीले बैठक बोलाएका हुन् ।

मङ्गलबार प्रदेश सभाको दशौँ अधिवेशनको २६ औँ बैठकको सुरुमै नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको जिम्मेवारी र आवश्यकतालाई सदन र सरकारमा पूर्णतया बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले पर्याप्त बजेट विनियोजन गरी कार्यविधि बनाएर नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने शहीद परिवारका लागि शहीद स्मृति र घाइते अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ताको व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन नगरी बजेट फ्रिज फालिएको उनको भनाइ थियो ।

त्यसैगरी अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्वविहीन बनाइएको सवाल पनि सदस्य शर्माले उठाएका थिए ।


Author

थप समाचार
x