गण्डकी

गण्डकीमा वृत्ति परामर्श तथा रोजगार मेला

इकागज |
साउन ३, २०७९ मंगलबार १९:५४ बजे

पोखरा- गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा हुने मेला असार ६ देखि ८ गतेसम्म सञ्‍चालन हुने शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

मन्त्रालयको आयोजनामा हुन लगेको मेलामा नेपाल सरकार र स्वीस सरकारको सहयोगले सञ्‍चालनमा रहेको नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना प्राविधिक सहयोग विभिन्‍न संस्थाको सहकार्यमा मेला हुन लागेको मन्त्रालयले जनाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र पूर्व ज्ञानको मान्यतामा आधारित सिकाइको बारेमा जानकारी प्रदान गर्न मेलाको आयोजना गर्न लागेको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए । उनले मेलाले सिप भएर पनि जागिर नपाएर विदेशीन बाध्य नागरिकलाई स्वदेशमै राख्‍ने बताए ।


मेलाको तयारी स्वरुप मन्त्रालयले विभिन्‍न निकाय, स्थानीय तह र रोजगारदातासँग अन्तर्क्रिया गरेको थियो । मन्त्री श्रेष्ठले असांगठनिक क्षेत्रमा काम गर्नेहरुलाई संगठित बनाउन मेलाको आयोजना गर्न लागिएको बताएका थिए ।

गण्डकी प्रदेश सरकारले नागरिकलाई स्वदेशमै राख्‍ने योजनाको सुरुवात मात्रै गर्न लागेको उनको भनाइ थियो । मजदुर र रोजगारदाताहरूको समस्या पहिचान गर्दै समाधान गरी एकै ठाउँमा टिक्न सक्ने वातावरण तयार गर्न मेलाले सघाउ पुग्‍ने उनको धारणा छ ।

प्रदेशभरका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्नका साथै कार्य क्षेत्रमा परिचालन गर्ने गरी मेला आयोजना गरिने उनले बताए ।


Author

थप समाचार
x