गण्डकी

पोखरा महानगरले अनाधिकृत बनाइएका घरटहरा भत्कायो

इकागज |
साउन ३, २०७९ मंगलबार १४:२४ बजे

पोखरा- पोखरा महानगरपालिका भित्र अनाधिकृत रूपमा निर्माण गरिएका घरटहरा भत्काउन सुरू गरेको छ । पोखराका मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा पोखरा ३३ का घरटहरा भत्काएको हो ।

विभिन्‍न जिल्लाबाट आएका मानिसहरूले अवैध रूपमा निर्माण गरेर बसेका छाप्रा हटाइएको जानकारी महानगरका कानुन महाशाखा प्रमुख नारायणप्रसाद शर्माले दिए । उनका अनुसार पोखरा ३३ को दुई स्थानमा निर्माण गरिएका छाप्रा भत्काइएको हो । पोखरा ३३ दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा बनाइएका ३ छाप्रा भत्काइएको हो ।


पोखरा महानगरले सार्वजनिक जग्गा संरक्षण अभियान अन्तर्गत छाप्रा भत्काइएको हो । सार्वजनिक जमिनमा आफूखुसी संरचना निर्माण गरिएका कतै पाइए महानगरमा जानकारी गराउन समेत शर्माले महानगरवासीलाई आग्रह गरेका छन् । पोखराको अन्य क्षेत्रमा पनि अनाधिकृत रूपमा बनाइएका संरचना भत्काउँदै जाने महानगरको योजना छ ।


Author

थप समाचार
x