गण्डकी

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

इकागज |
असार २९, २०७९ बुधबार १०:३१ बजे

गोरखा- गोरखाको गोरखा नगरपालिका–५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । 

गोरखा नगरपालिका–५ पश्लाङका अन्दाजी २७ बर्षीय प्रदिप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको प्रहरीले जनाएको छ । 


घाइते भएका मोटरसाइकलमा पछाडी सवार गोरखा–७ सतिपिपलका २९ बर्षीय सुरज गुरुङ र सोही स्थानका १३ बर्षीय चन्द्र गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था भने मध्यम रहेको छ । 

तीन जना सवार बा ६५ प ५०५६ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रीत भई पल्टिएको थियो ।


Author

थप समाचार
x