गण्डकी

राताे किताब प्रकाशनकाे विषयमा छानविन गर्ने सहमति पछि पाेखरा महानगरकाे बजेट प्रस्तुत हुँदै

इकागज |
असार १०, २०७९ शुक्रबार १९:१७ बजे

पाेखरा। पोखरा महानगरको वार्षिक बजेट तथा कार्यक्रम सुरु भएकाे छ । बजेट प्रस्तुत हुनु अघि नै नेकपा एमालेका जनप्रतिनिधिहरुले बजेट प्रस्तुत अघि नै राताे किताब आएकाे भन्दै विराेध जनाएपछि राेकिएकाे थियाे ।

राताे किताब कस्काे कारण प्रकाशित भयाे भन्ने छानविन गर्न समिति बनाएर अघि बढ्ने सहमतिपछि बजेट प्रस्तुत भएकाे हाे । याे सँगै असार २१ सम्म राताे किताब प्रस्तुत गर्ने र वडाका ५ जना जनप्रतिनिधिहरुले हस्ताक्षर गरेका याेजना मात्र समेट्ने सहमति भएकाे पाेखरा २१ का वडा सदस्य झपट रानाभाटले जानकारी दिए


पाेखरा सभागृहमा दिउँसाे ४ बजे बजेट प्रस्तुत हुने भनिएपनि सुरु हुनुभन्दा अघि नै एमाले संसदीय दलका नेता राधिकाकुमारी शाहीले कुनै छलफल नै नगरी राताे किताब ल्याएकाे भन्दै किताब च्यातेकी थिईन् । त्यस लगत्तै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु हल बाहिर निस्किएर नारा बाजि गरेपछि सहमती भएकाे हाे ।

यता पाेखराका मेयर धनराज आचार्यले राताे किताब नभई ड्राफ्ट भएकाे बताएका छन् । सरकारी प्रक्रिया पूरा गर्न ड्राफ्टमा कुनै शंका नगर्न उनले अाग्रह गरेका छन् । अहिले पाेखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७९/०८० का बजेट प्रस्तुत गरिरहेकी छिन् ।


Author

थप समाचार
x