गण्डकी

हेमजा गोल्डकप : आयोजक हेमजा फाइनलमा

इकागज |
असार ८, २०७९ बुधवार १७:२० बजे

पोखरा। खुमलटार फुटबल क्लबलाई पराजित गर्दै आयोजक हेमजा यूनाइटेडहेमजा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखराकाे हेमजामा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारलाई २–० गोलले हराउँदै आयोजकले फाइनलको यात्रा तय गरेको हो ।

हेमजाको जितमा दुवै गोल कमल थापा मगरले गरे । हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा कमलको गोलबाट अग्रता लिएको थियो । अग्रता लिएको १४ मिनेटपछि खेलको ६७ औं मिनेटमा कमल थापा मगरले उत्कृष्ट गोल गर्दा आयोजक २–० को अग्रता बनाउन सफल बन्यो ।


निर्धारित समयमा खुमलटारले आकर्षक अवसर पाएपनि गोल गर्न सकेन। खेलमा हेमजाका कमल थापा मगर म्यान अफ दी म्याच हुँदै नगद ५ हजार रुपैयाँ र ट्रफि प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बिहीबारको सेमिफाइनलमा क्यामरुनको एभिनियर फुटबल क्लब र चर्च ब्वाइज यूनाइटेड भिड्नेछन् ।

प्रतियोगिताको फाइनल असार ११ गते हुनेछ । विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


Author

थप समाचार
x