गण्डकी

एमालेको विजयी सभामै विरोध

जब पृथ्वीसुब्बा गुरुङ बोल्दाबोल्दै अन्तर्घाती मुर्दावाद भन्दै कार्यकर्ताले नारा लगाए...

इकागज |
जेठ ११, २०७९ बुधवार २०:१७ बजे

पोखरा– स्थानीय तह निर्वाचन अर्न्तगत पोखरा महानगरपालिकामा नेकपा एमालेले उपमेयरसहित ९ वटा वडा जितेको छ । अधिकांश वडामा सदस्य संख्या जितेको एमालेको नगरसभामा बहुमत छ । तर वडाध्यक्ष भने अघिल्लो पटक कांग्रेसले जितेको भन्‍दा पनि कम छ । यसकारण कार्यपालिकामा एमाले अल्पमतमा छ ।

पोखरामा एमालेले ९ वटा वडा जितेको छ । जबकी २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयरसँगै २२ वटा वडा जितेको थियो । एमाले कास्कीमा भएको गुटबन्दीका कारण वडा गुमाएको नेता कार्यकर्ताहरूको बुझाइ छ ।


टिकट दिनेक्रममै एमाले कास्की गुटको भुमरीमा फसिसकेको अहिले चर्चा हुने गर्छ । चुनाव अघिनै देखिएको गुटको प्रभाव मत परिणाममा राम्रै देखियो । पछिल्ला समयमा एमालेले गरेका कामको मूल्यांकन पनि पोखरेली जनताले गरेकै थिए । तर भनेजस्तो मत नआएपछि आफूहरूको कमजोरी पत्ता लगाउनभन्दा पनि अर्न्तघात नै कारक मानेर बसे । पार्टीमा ठूलै घात अर्न्तघात भएको नेता कार्यकर्ताहरूले मत गणनाको दौरान नै आंकलन गरेका थिए ।

कास्कीमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी गुट सक्रिय रहेको नेता कार्यकर्ताहरू नै बताउँछन् । पोखराको टिकट प्राप्तिदेखि नै गुटउपगुटको रस्साकस्सी देखिन्थ्यो । पहिले दिपक पौडेलले पाएको टिकट काण्ड भाइरल गराएर कृष्ण थापालाई दिइएको थियो । त्यसपछि टेलिफोन अडियो काण्डको हल्लाले पनि घात अर्न्तघातको श्रृखंला छताछुल्ल भएको थियो ।

बुधबार नेकपा एमालेले विजेता उपमेयर र वडाध्यक्षहरूको विजयी सभा आयोजना गर्‍यो । विजयी सभाको शुभकामना दिने समयमा गुटउपगुट छर्लङ्गै देखिएको थियो । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विजयीहरूलाई शुभकामना दिइरहेको समयमा एमालेका नेता कार्यकर्ताहरूले विरोध जनाएका थिए । गुरुङले बोल्ने बेलादेखि नै बिरोध जनाइरहेका सकिएपछि झनै उनीहरूले अन्तर्घाती होसियार, अन्तर्घाती मुर्दावादको नाराले भीड उचालेका थिए । 


Author

थप समाचार
x