गण्डकी

पाेखरामा धनराजकाे अग्रता कायमै, उपमेयरमा एमालेकाे १०२ मतकाे अग्रता

इकागज |
जेठ ६, २०७९ शुक्रबार १७:७ बजे

पाेखरा । पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राख्दा उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ अघि बढेकी छिन् । पाेखरामा ६९ हजार ९ सय ६८ मत गणना हुँदासम्म आचार्यले नेकपा एमालेका कृष्ण थापालाई ३ हजार २ सय ६ मतले पछि पारेका हुन् ।

आचार्यले २८ हजार ५ सय ६३ मत प्राप्त गरेका छन् भने एमालेका थापाले २५ हजार ३ सय ५७ मत ल्याएका छन् । त्यस्तै मेयर मै राप्रपाका शंकर खरालले ३ हजार ६५ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजार ८ सय २२ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँग १ सय २ मतले पछि परेकी छिन् ।


रानाभाटले २८ हजार ९ सय मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले २९ हजार २ मत ल्याएकी छिन् । राप्रपाकी रञ्जना सेनले २ हजार ८ सय ३८ मत प्राप्त गरेकी छिन् । २ लाख ७ हजार ७ सय १२ मतदाता रहेकाे पाेखरा महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेकाे थियाे । जसमध्ये ७३ हजार २ सय ५८ मत गन्न बाँकी छ ।


Author

थप समाचार
x