बागमती

हेटौंडामा श्रीमान् श्रीमती नै मृत अवस्थामा फेला

इकागज |
जेठ २७, २०८० शनिवार ९:५२ बजे

मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा १ चाईनाक्वाटरमा श्रीमान् श्रीमतीले नै झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन् ।

७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहालले आफ्नै तीन तले पक्की घरमाथिको ट्रसले छाएको पूजा कोठामा दुवैजना अन्दाजी २ मिटरको फरकमा फलामको ट्रसमा  धोती (गम्छा) को पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x