बागमती

नीति तथा कार्यक्रममाथि छलफल र पारितका लागि बागमती प्रदेश सभा बैठक बस्दै

इकागज |
जेठ १९, २०८० शुक्रवार ७:२७ बजे

मकवानपुर । नीति तथा कार्यक्रममाथि छलफल र पारितको लागि प्रदेश सभा बैठक शुक्रबार बस्दैछ । जेठ १७ गतेबाट सुरु आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल नसकिएकाले शुक्रबारको बैठकमा पनि नीति तथा कार्यक्रम माथि छलफलको लागि  बैठक आह्वान गरिएको हो ।  

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका अनुसार  आज शुक्रबार बिहान १०ः३० बजे बस्ने बैठकमा पनि  आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । 


आजको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफल सकिने र त्यसपश्चात प्रदेशको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश सभाको बिहीबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बिहीबारको पहिलो र दोस्रो बैठकमा सत्तापक्ष र प्रतिपक्ष गरी ३५ जना प्रदेश सभाका सदस्यहरुले आगामी आवको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै विभिन्न सुझाव दिएका थिए ।

गत बुधबार र बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग नलिएका बाँकी सदस्यहरूले आजको बैठकमा आ आफ्नो धारणा राख्ने छन् । 

प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादव चन्द्र शर्माले जेठ १४ गते सभालाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । प्रदेश सभामा उक्त नीति तथा कार्यक्रममा जेठ १७ गतेबाट छलफल सुरु भएको हो ।


Author

थप समाचार
x