बागमती

नीति तथा कार्यक्रममाथि छलफल गर्न बागमती प्रदेश सभा बैठक बस्दै

इकागज |
जेठ १७, २०८० बुधवार ९:२८ बजे

हेटौंडा । आज बागमती प्रदेशसभा बैठक बस्दैछ ।  प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका बैठक बोलाइएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।

प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरुले धारणा र संशोधन प्रस्तावमाथि छलफल सुरु गर्नेछन् ।


प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि संशाेधन हाल्नका लागि मंगलबारसम्म समय दिइएको थियो । मंगलबारसम्म आएका संशाेधन प्रस्तावमाथि पनि आजबाट छलफल सुरु हुन लागेको हो ।


Author

थप समाचार
x