बागमती

बागमतीका मुख्यमन्त्रीमा जम्कट्टेलले पाए विश्वासको मत

इकागज |
चैत १०, २०७९ शुक्रबार १६:२ बजे

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको बागमती प्रदेशसभाको बैठकमा जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । 

विश्वासको मतका लागि भएको मत बिभाजनमा जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो भने बिपक्षमा १७ मत परेको थियो । त्यस्तै ७ सांसद तटस्थ रहेको  वागमती प्रदेशका सभामुख भुवन पाठकले जानकारी दिए ।
जम्कट्टेललाई कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली दलले मत दिएको थियो भने विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी रहेको थियो ।



Author

थप समाचार
x