बागमती

बागमती प्रदेशसभा बैठक बस्दै

मुख्यमन्त्री जम्मकट्टेलले आज पुन: विश्वासको मत लिँदै

इकागज |
चैत १०, २०७९ शुक्रबार ६:३६ बजे

हेटौडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पुन: विश्वासको मत लिने भएका छन् । नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि दोहोर्‍यार विश्वासको मत लिन लागेका हुन् ।

बुधबार स्थगित भएको प्रदेश सभा बैठक आज बोलाइएको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।


बुधबार मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन बैठक बोलइएको थियो तर, कांग्रेस सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।
अहिले भने कांग्रेसले विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

११० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५६ सांसदको समर्थन चाहिन्छ । बागमतीमा कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ गरी गठबन्धनसँग ६५ जना सांसद छन् । बागमतीमा कांग्रेस र माओवादीमात्रै मिल्दा पनि सरकार बनाउन बहुमत पुग्छ ।


Author

थप समाचार
x