बागमती

तरकारी किसानद्वारा मन्त्रीलाई ज्ञापनपत्र

इकागज |
माघ २६, २०७९ बिहिवार १९:११ बजे

मकवानपुर- स्वदेशी तरकारी तथा कृषिजन्य उत्पादनलाई प्रोत्साहन गरी विदेशी आयातीत तरकारी तथा कृषि जन्य वस्तुलाई निषेधित गर्न किसानले माग गरेका छन् ।

बिचौलियाका कारण तरकारी उत्पादक किसानले मूल्य नपाउने तर उपभोक्ताले बढी मूल्य तिर्नु परेकोमा बागमती प्रदेशको चितवनका तरकारी किसानले गुनासो गरेका हुन् । उनीहरूले आज प्रदेशको कृषि सहकारी तथा पशुपन्छी मन्त्रालयमा मन्त्री केशव पोखरेललाई ज्ञापनपत्र प्रदान गर्दै यस्तो माग गरेका हुन् ।


प्रदेश सरकारले तरकारी तथा कृषिजन्य वस्तुहरूमा लागत मूल्य भन्दा बजार मूल्य कम गर्ने योजना ल्याएको र आगामी दिनमा किसानलाई प्रोत्साहन प्राप्त हुने कृषि मन्त्री पोखरेलले बताए ।

किसानले सरकारी बीमा संस्थानबाट नै तरकारी तथा कृषिजन्य वस्तु र किसानको स्वत: बीमा गर्ने व्यवस्था गरिनुपर्ने, सरकारको मातहतमा रहेको बाँझो जमिनहरूमा खेती गर्ने व्यवस्था गरिनुपर्ने लगायतको माग गरेका हुन् ।

तत्कालीन अवस्थामा रहेको अनुदान नीति खारेज गरी उत्पादन र आधारमा अनुदान दिने नीति ल्याउनु पर्ने, तरकारी तथा कृषि व्यवसायलाई औद्योगिकिरण गर्ने नीति निर्माण गरी तत्कालै लागू गर्नुपर्ने,​ गुणस्तरीय बीउ बिजन, विषादी र रासायनिक मलको सर्वसुलभ र निर्वाद रूपमा किसानको पहुँचमा पुग्ने र सरकारी तवरबाट अनुगमन र प्रमाणीकरण गर्ने । व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

यसैगरी तरकारी बीमा संस्थानबाट नै तरकारी तथा कृषिजन्य वस्तुकी र किसानको स्वत: बीमा गर्ने व्यवस्था हुनुपर्ने, सरकारको मातहतमा रहेको बाझो जमिनहरूमा खेती गर्ने व्यवस्था हुनुपर्ने, कृषि प्राविधिकलाई किसानको बारीमा नै उपलब्ध हुने व्यवस्था हुनुपर्नेमा किसानले माग गरेका छन् ।


Author

थप समाचार
x