बागमती

हलचोकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इकागज |
मंसिर १६, २०७९ १०:५८ बजे

काठमाडौँ- काठमाडौँको हलचोकमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ घर भइ हाल काठमाडौं महानगरपालिका १४ बस्दै आएका ३४ वर्षीय प्रतिक बास्कोटा रहेको प्रहरीले जनाएको छ । 


बिहीबार साँझ बा ५ ख ६९५ नम्बरको बस र बा ७८ प २६८७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा बास्कोटा गम्भीर घाइते भएका थिए ।

घाइते भएपश्चात् अस्पताल लगिएका उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ  ।


Author

थप समाचार
ad
x