बागमती

चितवनमा डेङ्गुको संक्रमणबाट फेरि एक जनाको मृत्यु

इकागज |
असोज १३, २०७९ ११:१० बजे

सांकेतिक तस्बिर

चितवन- चितवनमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वीचितवनको राप्ती नगरपालिका–७ की ४० वर्षीय महिला रहेकी छन् । डेंगु संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीले जानकारी दिए ।

स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो । यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुको संक्रमणका कारण मृत्यु भएको थियो ।


चितवनमा बुधबारसम्म ७४३ जनामा डेंगु सक्रमण पुष्टि भएको छ । तीमध्ये ४५९ चितवनका हुन् । बाहिरी जिल्लाका १७५ र ठेगाना नखुलेका १०९ जना रहेका छन् । चार हजार ४४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण पुष्टि भएको केसीले बताएका छन् ।


Author

थप समाचार
ad
x