बागमती

चाडपर्व लक्षित अनुगमनलाई तीव्रता

इकागज |
असोज ११, २०७९ मंगलबार १४:५३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिएको छ ।

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा मंगलबार काठमाडौँका विभिन्न स्थानमा पुगेर बजार अनुगमन गरेको हो । अनुगमन टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा लगायतको अनुगमन गरेको थियो ।


त्यस्तै टोलीले कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य वस्तुको बिक्री व्यवस्था अनुगमन गर्दै सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्षमा ध्यान दिन सुझाव दिएको थियो । अनुगमनपछि महानगरकी उपप्रमुख डंगोलले, बजारमा गलत गर्ने सबैलाई कारबाही गरिने स्पष्ट पारिन् । स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्ने उनको भनाइ छ ।​

उनले चाडपर्वपछि पनि निरन्तर अनुगमन हुने जानकारी दिइन् ।


Author

थप समाचार
x