बागमती

अनामनगर क्षेत्रमा पनि डोजर लगाएर भत्काइयाे अवैध संरचना

इकागज |
असोज ७, २०७९ शुक्रबार १४:५२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ ।

महानगरले शुक्रबार काठमाडौँको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो । सो क्रममा महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले सार्वजनिक जग्गामा पर्खाल बनाएको भन्दै डोजर लगाएको छ । सार्वजनिक जग्गामा संरचना बनाएको गुनासो आएपछि पर्खाल भत्काएको र सो क्षेत्रका अन्य अवैध र अनधिकृत संरचना हटाइने काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।


नक्साविपरीत बनेका र सार्वजनिक स्थानमा बनेका संरचनालाई भत्काउने अभियान निरन्तर चल्ने महानगरले जनाएको छ ।


Author

थप समाचार
x