बागमती

कलङ्कीस्थित खसी बजार हटाउन महानगरको निर्देशन

इकागज |
भदौ २, २०७९ बिहीबार ७:१० बजे

फाइल तस्बिर

काठमाडौं - काठमाडौं महानगरपालिकाले कलंकीस्थित खसी बजार हटाउन निर्देशन दिएको छ । बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार १५ दिनभित्र हटाउन महानगरले निर्देशन दिएको हो ।

खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले खसीबजार हटाउन लागिएको महानगरले जनाएको छ । 


स्थानीय बासिन्दाले सामूहिक रूपमा निवेदन दिँदै खसीबजार हटाइदिन महानगरसँग माग गरेका थिए।


Author

थप समाचार
x