बागमती

बागमतीमा सवारी लाइसेन्स लिनेको संख्या बढ्यो

इकागज |
साउन २७, २०७९ शुक्रवार १५:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि वर्ग थप र नयाँ आवेदन दिने संख्या बढाएको छ । मन्त्रालयले सेवाग्राहीहरूको अत्यधिक चाप व्यवस्थापन गर्न संख्या थपेको जनाएको छ।

ललितपुरको एकान्तकुना, काठमाडौँको ठूलो भर्‍याङ, चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आज अपराह्न ४ः३० बजेदेखि लागू हुने गरी आवेदन संख्या बढाएको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।


‘अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिको लागि निवेदन दिन सकिने छ,’ सूचनामा उल्लेख गरिएको छ, ‘आम सेवाग्राहीले विवरणहरू (नागरिकता नम्बर, ड्राइभिङ लाइसेन्स नम्बर, नाम, मोबाइल नम्बर र वर्ग) त्रुटीरहीत हुने गरी प्रविष्ट गर्नु हुन अनुरोध छ।’

सेवाग्राहीहरूलाई आफ्नो विवरण (नागरिकता नम्बर, ड्राइभिङ लाइसेन्स, नाम, मोबाइल र वर्ग) प्रस्टसँग लेख्‍न पनि मन्त्रालय अनुरोध गरेको छ ।


Author

थप समाचार
x