बागमती

गोसाइँकुण्डबाट फर्किँदा बिरामी परेका व्यक्तिकाे उद्धार

इकागज |
साउन २४, २०७९ मंगलबार १८:३६ बजे

फाइल तस्बिर

रसुवा- तीर्थस्थल गोसाइँकुण्डबाट फर्किँदै गर्दा बिरामी भइ अलपत्र अवस्थामा रहेका एक जना व्यक्तिको उद्धार गरिएकाे छ ।

जिल्ला काभ्रे साविक महेन्द्रज्योती-५  हाल बनेपा न.पा. १२ बासटोल घर भएका ५८ वर्षका ठुलो कान्छा सत्याल गोसाइँकुण्डबाट फिर्ता हुने क्रममा हिजाे (साेमबार) रसुवा गोसाइँकुण्ड गा.पा. ५ धिम्सामा आइपुग्दा एक्लै अलपत्र अवस्थामा रहेका उनकाे नेपाली साेनाले उद्धार गरेकाे हाे ।


सत्याल एक्लै अलपत्र अवस्था रहेकाे भन्‍ने खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रसुवा धुन्चेबाट खटी गएको प्रहरी टोली र मेला व्यवस्थापन समितिको समन्वयमा उनलाई साेही स्थानमा लालीगुराँस होटलमा बस्‍ने प्रबन्ध मिलाई राखिएको थियाे ।

सोहीक्रममा सत्याल आज बिरामी समेत परेकाले उद्धारका लागि जिल्ला प्रहरी कार्यालय रसुवाको समन्वयमा विष्णुदल गण धुन्चे रसुवाबाट नेपाली सेनाको टोली धिम्सामा पुगी उनलाई स्ट्रेचरमा बोकी धुन्चेतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार सत्यालको आफन्तसँग समेत समन्वय गरी लिनको लागि आफन्त रसुवा धुन्चे आउँदै गरेका छन्  ।


Author

थप समाचार
x