बागमती

काठमाडौँ महानगरले पूर्वाधार निर्माणको मूल्यांकन गर्ने फर्महरू खोज्यो

इकागज |
साउन २३, २०७९ सोमबार ८:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वाधारसँग सम्बन्धित आयोजनाहरूको गुणस्तर परीक्षण गर्ने रजिस्टर्ड फर्म, संघ र संस्थालाई काठमाडौँ महानगरपालिकाले सम्पर्क गर्न अनुरोध गरेको छ ।

आर्थिक वर्ष २०७९/ ८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गतका पूर्वाधारसँग सम्बन्धित आयोजनाहरूको गुणस्तर परीक्षण महानगरपालिकामा दर्ता भएका संस्थाले मात्र गर्ने व्यवस्था रहेकाले इच्छुक फर्म, संघ र संस्थालाई सम्पर्क गर्न आग्रह गरेको हो ।


महानगरले जारी गरेको सूचनामा लेखेको छ,' इच्छुक रजिस्टर्ड फर्म, संघ र संस्थाले महानगरको खरिद एकाइ जेडीए भवन सुन्धारामा मौजुदा सूचीमा सूचीकृत हुन यो सूचना प्रकाशित गरिएको छ ।'

त्यसैगरी, महानगरभित्र निर्माण भएका भौतिक पूर्वाधारको मूल्यांकन गर्न कन्सल्टेन्सीलाई पनि सम्पर्क गर्न आग्रह गरेको छ ।

निर्माण भएका संस्थालाई उचित मूल्यांकन गरी भुक्तानी गर्नुपर्ने भएकाले परामर्श दाताले आफ्नो संस्थामा भएका जनशक्तिको विवरणसहित खरिद शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।


Author

थप समाचार
x