बागमती

सडकमा मकै बेच्‍ने महिलामाथि नगर प्रहरीकाे लछारपछार

इकागज |
असार १७, २०७९ शुक्रवार १८:२७ बजे

काठमाडौँ- शुक्रबार काठमाडौँ महानगरपालिकाको वडा नम्बर ४ महाराजगञ्जमा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नो ठेला प्रहरीले उठाएपछि महिलाले हार गुहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडिओ भाइरल भएपछि अहिले नगर प्रहरीको चर्को आलोचना भइरहेको छ । उक्त भिडिओमा महिलाले हार गुहार गरेपनि नगर प्रहरीले उनलाई नै सडकमा लछारपछार गरेको देखिन्छ ।


साेही भिडिओमा एकजना पुरुषले ठेला नलैजान भन्दै हात जोडेकाे समेत देख्‍न सकिन्छ ।


Author

थप समाचार
x