बागमती

मेलम्चीमा यसरी हुँदैछ क्षति भएको अस्थायी पुलको मर्मत (तस्बिरहरू)

इकागज |
जेठ २६, २०७९ बिहीबार ९:४२ बजे

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्‍याएको छ । रातभर पानी परेपछि आएको बाढीले फट्टेमा ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्‍याएको हो ।


पुलमा क्षति पुर्‍याएपछि मेलम्ची नगरपालिकाका ६ वटा वडाका नागरिक प्रभावित भएका छन् । अहिले स्काभेटर प्रयोग गरेर मेलम्ची नगरपालिकाले मर्मत गरिरहेको छ ।

गत असार १ को बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको थियो । त्यस्तै पक्की पुल बगाएको थियो ।


 

तस्बिरहरू : देवराज सुवेदी


Author

थप समाचार
x