बागमती

बागमतीको दशौं अधिवेशनको पहिलो बैठक भोलि बस्दै

इकागज |
जेठ १२, २०७९ बिहीबार २०:२७ बजे

फाइल फोटो

मकवानपुर - बागमती प्रदेशको प्रदेश सभा दशौं अधिवेशनको पहिलो बैठक भोलि १३ जेठमा बस्ने भएको छ । बैठकमा  ५ वटा अध्यादेश पेश हुने भएको छ । प्रदेशसभामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने भएका छन् ।

यसैगरी प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गर्ने भएका छन् ।त्यसैगरी, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने भएका छन् ।


प्रदेश सभामा प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ पनि संसदमा पेश हुने भएको छ । यी अध्यादेशहरु संसद संचालन नभएको समयमा प्रदेश सरकारले ल्याएको थियो ।

यी मध्ये मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश अनावश्यक भएको भन्दै विरोध जनाउँदै आएका छन् ।


Author

थप समाचार
x