बागमती

पाँचखाल नगरप्रमुखको पहिलो निर्णय : अपाङ्गता भएका नगरवासीलाई निःशुल्क स्वास्थ्य बीमा

इकागज |
जेठ १२, २०७९ बिहीबार ९:१२ बजे

काठमाडौँ - पाँचखाल नगरपालिकाले अपाङ्गता भएका नगरवासीहरूलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगर प्रमुखको रूपमा दोश्रोपटक निर्वाचित भएका महेश खरेलले अपाङ्गता भएका नगरवासीलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने पहिलो निर्णय गरेका हुन् ।

नगरपालिकामा रहेका अपाङ्गता भएका नगरवासीका लागि स्वास्थ्य बीमाको व्यवस्था गर्दै अपाङ्गता भएका व्यक्ति तथा  उनीहरूको परिवारको समेत उपचारमा व्यवस्था मिलाउने गरी निर्णण भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईले जानकारी दिए ।


पाँचखाल नगरपालिकामा क वर्गका १ सय १० जना, ख वर्गका १ सय ९१ जना, ग वर्गका १ सय ९ जना तथा घ वर्गका ४८ जना गरी ४ सय ५८ जना अपाङ्गता भएका नगरवासी छन् ।


Author

थप समाचार
x